s

युवा गाउँ फर्केर व्यावसायिक बाख्रापालनमा

युवाहरू कामको खोजीमा बिदेसिएका बेला तानसेनका तीन युवाले भने सहरबाट गाउँफर्केर व्यावसायिक बाख्रा फार्म खोलेका छन् । उनीहरूले ठूलो संख्यामाबाख्रापालन थालेका छन् ।

तानसेन बजारमा हार्डवेयर व्यवसाय गर्दै आएका वसन्तमान सीमांगैडा, व्यवसायीहरू राजेशकुमार शाक्य र गोपाल पौडेलले ठूलो लगानीमा बाख्रापालनफार्म सुरु गरेका हुन् । सदरमुकामबाट पश्चिमोत्तर बौघापोखराथोक-आमडाँडामासत्यवती एकीकृत कृषि फार्म नाममा उनीहरूले बाख्रापालन गर्न थालेका छन् ।तीनजनाले फार्ममा ३६ लाखभन्दा बढी लगानी गरेका छन् ।

उनीहरूको फार्ममा अहिले सयभन्दा बढी माऊ बाख्रा छन् ।  ३० भन्दा बढीपाठापाठी हुर्किंदै छन् । ्फार्ममा ५ सयवटा माऊ पाल्ने योजना रहेको सञ्चालकशाक्यले बताए । उनका अनुसार घाँस पर्याप्त नभएकाले एकैपटक माऊ बढाउनसकिएकोछैन । तानसेन-रिडी सडक खण्डको जोर्तेबाट सय ५० मिटर माथि ५८ रोपनी जग्गाखरिद गरेर उनीहरूले फार्म सुरु गरेका हुन् । उनीहरूले यहाँ बाख्रालाईआवश्यक घाँससमेत लगाएका छन् । र्फममा चारजनालाई रोजगारी दिएको र्फमका अर्कासञ्चालक पौडेलले बताए । अहिले २ सय २५ बाख्रा अटाउने खोर निर्माण गरेकाछन् । 'पालैपालो रेखदेखमा आउने गरेका छौं,' पौडेलले भने ।

Published on: 20 May 2012 | Kantipur

Back to list

;