s

युरोप जाने लोभमा लाखौं बुझाएका युवा भारतमै अलपत्र !

 वैदेशिक रोजगारीका लागि युरोप पठाउने प्रलोभनमा ५१ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका नविन कुमार चौधरी छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई टोखाबाट पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार चौधरीले विभिन्न व्यक्तिबाट रकम उठाएर काठमाडौं हुँदै भारत पुर्‍याएर अलपत्र पारेका थिए । उनीमाथि ठगी मुद्दामा म्याद थप गरिएको छ ।

 चौधरीमाथि लागेको आरोप प्रमाणित भए विगो बमोजिम जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।

Published on: 17 July 2019 | Onlinekhabar

Back to list

;