s

युगान्डामा एक नेपालीको हत्या

मणि दाहाल 

युगान्डामा एक नेपालीको हत्या भएको छ ।

युगान्डाको एक चिनी मिलमा सुपरभाइजरका रुपमा काम गर्दै आएका भोजपुर साल्मा केउरिनीपानीका ३६ बर्षीय सिताराम बुढाथोकी हत्या भएको हो ।

एनआरएन युगान्डाका अध्यक्ष रमेश कँडेलका अनुसार सुपरभाइजरका रुपमा काम गर्दै आएका उनको स्थानीय कर्मचारीले आक्रमण गरी हत्या गरेका हुन् । हत्या कहिले र किन गरिएको खुल्न सकेको छैन् । 

त्यसैगरी हत्याको विषमा बोल्दै एनआरएनका कोषाध्यक्ष हिक्मत थापाले भने, ‘हत्याको विस्तृत जानकारी प्राप्त गर्न सकेका छैनौँ यसको बारेमा बुझ्न हामील युगान्डाको चिनी मिल र इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गरिरहेका छौँ । ’

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Published on: 23 April 2017 | Nagarik

Back to list

;