s

युद्धग्रस्त इजरायलबाट फर्केकालाई एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श

युद्धग्रस्त इजरालयबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ।

अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले युद्धग्रस्त मुलुकबाट ज्यान जोगाएर फर्केका नेपालीहरूलाई सहयोगका लागि एक महिने निःशुल्क प्राकृतिक उपचार दिने बताएका हुन्।

उनीहरूमा पोस्ट ट्रउमाटिक स्ट्रेस नहोस् भनेर अस्पतालले मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा नि:शुल्क दिन लागिएको डा.डाँगीले बताए।

त्यस्ता, नेपालीहरूलाई सेवा दिन न्युरोसाइक्र्याटिस्ट डा.प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा. रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन, न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिनेछन्।

‘प्रत्यक्ष युद्ध देख्नुभएका दाजुभाइ दिदीबहिनी र नेपालमा रहेका उहाँहरूका आमाबुवाहरूलाई कति असर परेको होला। त्यसले उहाँहरूको मानसपटलमा अहिले कति गहिरो प्रभाव परेको छ। त्यसलाई मध्यनजर गरी निःशुल्क उपचार सेवा दिन लागिएको हो’, उनले भने।

अस्पतालमा इजरायलबाट फर्केका नेपाली मात्र नभई उनीहरूका नजिकका आफन्तलाई पनि निःशुल्क सेवा दिने डा.डाँगीले बताए।

Published on: 17 October 2023 | Setopati

Link

Back to list

;