s

युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार

रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।
 
डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । उद्धार हुनेहरूमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की छन् ।
 
दूतावासका अनुसार, सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल फर्कने हवाई टिकटको प्रबन्धसमेत गर्ने भएको छ ।दुई हप्ता पहिला पनि दूतावासले सात जनालाई उद्धार गरेर नेपाल पठाएको थियो ।
 
Published on: 20 May 2019 | Onlinekhabar

Back to list

;