s

युवती कुवेत पठाउन खोज्ने पक्राउ

दुई महिलालाई अवैध रूपमा भारतको दिल्ली हुँदै कुवेत पठाउन लागेको आरोपमा प्रहरीले कोटेश्वरबाट २ जनालाई पक्राउ गरेको छ। काँकडभिट्टा जान भाडाको गाडीमा रहेका बिना तामाङ र बालकुमारी विश्वकर्मालाई शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। 
 
महाशाखाका अनुसार उनीहरूले उदयपुरका २ युवतीलाई प्रलोभनमा पारेर अवैध रूपमा दिल्ली हुँदै कुवेतमा घरेलु कामदारका रूपमा पठाउने योजना बनाएका थिए।
 
सोही योजनाअनुसार ३१ र २५ वर्षका २ युवती लिएर काँकडभिट्टा जाने गाडी चढेका उनीहरूलाई महाशाखाले मानव ओसारपसारको आरोपमा पक्राउ गरेको हो। पक्राउ दुवै जनाको संलग्नताबारे थप अनुसन्धान र मुद्दा प्रक्रियाका लागि महाशाखाले शुक्रबार उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।
 
Published on: 28 May 2016 | Kantipur

Back to list

;