s

युवती बिक्री आरोपमा पक्राउ

किशोरीलाई भारतमा लगेर बिक्री गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ दम्पतीलाई प्रहरीले मानव बेचबिखन मुद्दा चलाएको छ । सुकौरा ७ की १६ वषर्ीया किशोरीलाई हर्नामाडी ४ का २१ वषर्ीय लक्ष्मण घिमिरे र पत्नी सानुमाया स्याङ्तानले भारतमा लगेर बिक्री गरेको आरोपमा प्रहरीले कात्तिक २७ गते पक्राउ गरेको हो ।

घिमिरे दम्पतीसँगै भदौ ९ गते बिर्तामोड हुँदै भारत पुर्‍याइएकी युवती अहिलेसम्म घर नफर्केपछि उनकी आमा ज्ञानिसा मुक्तानले घिमिरे दम्पतीले छोरी बिक्री गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी आधारमा दम्पतीलाई प्रहरीले नेपालगन्जमा पक्राउ गरेर यहाँ ल्याएको हो ।

Published on: 21 November 2012 | Kantipur

Back to list

;