s

युवती बेच्नेलाई २० वर्ष कैद

गाउँकी युवतीलाई विदेशमा जागिर लगाइदिने भन्दै झुक्याएर बिक्री गरेको ठहर गर्दै एक महिलालाई जिल्ला अदालत मकवानपुरले २० वर्ष कैद फैसला गरेको छ ।
 
२ लाख रुपैयाँ जरिवाना र त्यत्ति नै पीडितलाई क्षतिपूर्ति भराउन आदेश गरेको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको मंगलबार बसेको इजलासले चुरियामाई गाविस ३ स्थित रातामाटेकी २८ वर्षीया सुनिता मोक्तानलाई गाउँकै युवतीलाई बहराइन लगेर बिक्री गरेको ठहर गर्दै यस्तो फैसला गरेको हो । सुनिता मोक्तान फरार छिन् ।
 
चुरियामाईकी २५ वर्षीया युवतीलाई ०६६ मंसिरमा दिल्ली हुँदै बहराइन लगेर मोक्तानले बेचेकी थिइन् । बहराइनमा सुनिता र स्थानीय दलाल जाफरले युवती बिक्री गरेका थिए ।
 
Published on: 31 December 2015 | Kantipur

Back to list

;