s

'यो महँगीमा श्रमजीवीले १७ हजार पारिश्रमिक लिएर कसरी बाँच्ने ?'

काठमाडौँ — नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले बजारभाउ तथा मूल्यवृद्धि समेतलाई ख्याल नगरी विद्यमान कानुनविपरीत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको भन्दै आपत्ति जनाएको छ । ट्रेड युनियन कांग्रेसले यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ तोक्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो । तर सरकारले बिहीबारमात्रै श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ निर्धारण गर्‍यो ।

सरकारले तोकेको पारिश्रमिक व्यवहारिक नभएको भन्दै ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रबार विज्ञप्तिमार्फत घोर आपत्ति जनाएका छन् । ‘श्रम ऐन, २०७४ को दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले २/२ वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान छ । तर त्यस्तो व्यवस्थाविपरीत बजारभाउ तथा मूल्यवृद्धिलाई समेत नजरअन्दाज गरेर एकांकी निर्णय गर्दै न्यूनतम पारिश्रमिक निर्धारण गरिएकोमा नेपाल ट्रेड युनियन कांग्रेस घोर आपत्ति जनाउँदछ,’ महासचिव राईले विज्ञप्तिमार्फत भनेका छन् ।

उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिको पटक–पटक भएको छलफललाई अवमूल्यन गरी सरकारले एकलौटी ढंगबाट रोजगारदाताको प्रभावमा न्यूनतम पारिश्रमिक तोकेको बताए । ‘अहिलेको कहालिलाग्दो मूल्यवृद्धि र महँगीमा मासिक १७ हजार ३०० रुपैयाँ पारिश्रमिक बुझेर श्रमजीवीले कसरी बाँच्ने ? यो गम्भीर प्रश्न हामीमाझ उठेको छ,’ ट्रेड युनियन कांग्रेसले भनेको छ ।

महासचिव राईले चिया क्षेत्रमा गरिएको न्यूनतम तलब/ज्याला भेद्भावपूर्ण रहेकोमा समेत आपत्ति जनाएका छन् । ‘विशेषत अनौपचारिक तथा निजी क्षेत्रमा संलग्न लाखौं श्रमिकहरुलाई बजारमूल्य वृद्धिको तुलनामा अव्यवहारिक र अपुग पारिश्रमिक निर्धारण गरी कसरी उत्पादकत्व वृद्धि, देश समृद्ध बनाउने र समाजवादको नारा कसरी सम्भव छ ?,’ महासचिव राईको प्रश्न छ ।

सरकारले साउन मसान्तदेखि लागू हेन गरी आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ, महँगी भत्ता ६ हजार ४८० रुपैयाँ, दैनिक आधारभूत पारिश्रमिक ६६८ रुपैयाँ, प्रतिघण्टा ८९ रुपैयाँ र आंशिक मात्र काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, चिया बगानको हकमा न्यूनतम पारिश्रमिक ८ हजार ९३४ रुपैयाँ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ गरी १३ हजार ८९३ रुपैयाँ, दैनिक पारिश्रमिक ५०० रुपैयाँ, प्रतिघण्टा ६६ रुपैयाँ र चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने आंशिक श्रमिकको हकमा जम्मा ६३ रुपैयाँ कायम गरेको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।काठमाडौँ — नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले बजारभाउ तथा मूल्यवृद्धि समेतलाई ख्याल नगरी विद्यमान कानुनविपरीत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको भन्दै आपत्ति जनाएको छ । ट्रेड युनियन कांग्रेसले यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ तोक्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो । तर सरकारले बिहीबारमात्रै श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ निर्धारण गर्‍यो ।

सरकारले तोकेको पारिश्रमिक व्यवहारिक नभएको भन्दै ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रबार विज्ञप्तिमार्फत घोर आपत्ति जनाएका छन् । ‘श्रम ऐन, २०७४ को दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले २/२ वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान छ । तर त्यस्तो व्यवस्थाविपरीत बजारभाउ तथा मूल्यवृद्धिलाई समेत नजरअन्दाज गरेर एकांकी निर्णय गर्दै न्यूनतम पारिश्रमिक निर्धारण गरिएकोमा नेपाल ट्रेड युनियन कांग्रेस घोर आपत्ति जनाउँदछ,’ महासचिव राईले विज्ञप्तिमार्फत भनेका छन् ।

उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिको पटक–पटक भएको छलफललाई अवमूल्यन गरी सरकारले एकलौटी ढंगबाट रोजगारदाताको प्रभावमा न्यूनतम पारिश्रमिक तोकेको बताए । ‘अहिलेको कहालिलाग्दो मूल्यवृद्धि र महँगीमा मासिक १७ हजार ३०० रुपैयाँ पारिश्रमिक बुझेर श्रमजीवीले कसरी बाँच्ने ? यो गम्भीर प्रश्न हामीमाझ उठेको छ,’ ट्रेड युनियन कांग्रेसले भनेको छ ।

महासचिव राईले चिया क्षेत्रमा गरिएको न्यूनतम तलब/ज्याला भेद्भावपूर्ण रहेकोमा समेत आपत्ति जनाएका छन् । ‘विशेषत अनौपचारिक तथा निजी क्षेत्रमा संलग्न लाखौं श्रमिकहरुलाई बजारमूल्य वृद्धिको तुलनामा अव्यवहारिक र अपुग पारिश्रमिक निर्धारण गरी कसरी उत्पादकत्व वृद्धि, देश समृद्ध बनाउने र समाजवादको नारा कसरी सम्भव छ ?,’ महासचिव राईको प्रश्न छ ।

सरकारले साउन मसान्तदेखि लागू हेन गरी आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ, महँगी भत्ता ६ हजार ४८० रुपैयाँ, दैनिक आधारभूत पारिश्रमिक ६६८ रुपैयाँ, प्रतिघण्टा ८९ रुपैयाँ र आंशिक मात्र काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, चिया बगानको हकमा न्यूनतम पारिश्रमिक ८ हजार ९३४ रुपैयाँ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ गरी १३ हजार ८९३ रुपैयाँ, दैनिक पारिश्रमिक ५०० रुपैयाँ, प्रतिघण्टा ६६ रुपैयाँ र चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने आंशिक श्रमिकको हकमा जम्मा ६३ रुपैयाँ कायम गरेको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

Published on: 21 August 2023 | Kantipur

Link

Back to list

;