s

एकैदिन १४५० नेपाली स्वदेश फर्किए

रवीन्द्र घिमिरे 

७ असार, काठमाडौं । कारोना भाइरस (कोभिड-१९) संक्रमणको कारण उत्पन्न असहज परिस्थितिका कारण अप्ठ्यारोमा परेका एक शिशुसहित ११५० जना आइतबार नेपाल फर्किएका छन् । 

कोभिड-१९ संकट व्यवस्थापन सेन्टरका अनुसार यूएईबाट ३३८ जना आएका छन् । उनीहरु दुई वटा फ्लाइटमा आएका हुन् । एउटा फ्लाइटमा १५३ जना र अर्को फ्लाइटमा १८५ जना आएका थिए । 

यस्तै बंगलादेशबाट २५० जना आएका छन् । यस्तै साउदी अरबबाट एक शिशुसहित २४७ जना, कुवेतबाट १६६ जना र कतारबाट १४९ जना स्वदेश फर्किएका छन् ।

यसैगरी यूएई र मलेसियाबाट १५०/१५० जना आउने क्रममा रहेको सीसीएमसीले जनाएको छ । उनीहरुलाई प्रदेशगत होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा लगिएको छ ।

Published on: 21 June 2020 | Onlinekhabar

Link

Back to list

;