s

यही वर्षभित्र २ लाख युवालाई स्वदेशमै रोजगार : मन्त्री बिष्ट

टोपलाल अर्याल 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यही वर्षभित्र २ लाख युवालाई स्वदेशमै रोजगार दिने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकामा सहिद पार्कको शिलन्यास गर्न पुगेका मन्त्री विष्टले पछिल्लो समय श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिका बीचमा पनि महत्पूर्ण योजना र निर्णयहरु भएकाले केही समयमै पूर्ण कार्यान्वयन गरिने बताए ।

उनले स्वदेशमा रोजगारको पूर्ण ग्यारेन्टी नहुँदासम्म विदेशमा रहेका कामदारहरुलाई ढुक्क र सुरक्षित भएर काम गर्ने ब्यवस्था मिलाउने प्रयास भइरहेको बताए । ‘अझै पनि गाउँ र घरको मायालाई पैतलामुनि राखेर धेरै युवा परदेशमा श्रम बेचिरहेका छन्’, मन्त्री विष्टले भने, ‘पाचँ बर्षभत्र बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौँ ।’
 
Published on: 25 June 2018 | Naya Patrika

Back to list

;