s

यातायात क्षेत्रमा बाल मजदुर रोक्ने सरकारको नयाँ प्रयास

गत आइतवार संशोधित यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० ले गैरकानुनी रुपमा बाल मजदुर प्रयोगलाई निरुत्साहित गरेको छ।
 
कार्यविधि निर्देशिकामा सवारी साधनमा अनिवार्य पञ्जिकरण गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। जसमा रुट लिने, नविकरण गर्ने र हेरफेर गर्नेले अनिवार्य रूपमा सवारी पञ्जिकरण गर्नुपर्ने हुन्छ।
 
यातायात सेवाको नाम पञ्जिकृत गर्ने सम्बन्धी कार्यविधीमा विभागमा बुझाउनु पर्ने कागजात मध्ये ‘सञ्चालन गर्न खोजेको यातायात सेवा अन्तर्गत काम गर्ने चालक र सहचालकलाई दिइएको नियमावलीको अनुसुची–६२ बमोजिमको नियुक्तिको प्रतिलिपि र अन्य कर्मचारीहरुको विवरण’ चाहिने लेखिएको छ।
 
यो बुंदा अनुसार सवारीमा काम गर्ने चालक वा सहचालकलाई सवारी धनिले अनिवार्य रुपमा नियुक्ति पत्र दिएको हुनुपर्छ।
 
नेपालको कानुन अनुसार १७ बर्ष पुगेकाले मात्र काम गर्न पाउने व्यवस्था छ। यस व्यवस्था अनुसार सवारी धनीले आफ्नो सहचालकलाई अनिवार्य रुपमा नियुक्तिपत्र दिनुपर्ने भएकोले बाल मजदुर प्रयोग गर्न कठिन भएको हो।
 
सवारी पञ्जिकृत गर्न कर्मचारीको नियुक्ति पत्र चाहिने र बाल मजदुरको नियुक्ति पत्र बनाउन नमिल्ने हुँदा बाल मजदुर हट्ने विश्वास गरिएको छ।
 
नेपालको सवारी क्षेत्रमा बाल मजदुरको समस्या विकराल बन्दै गइरहेको अवस्थामा यो नियमले धेरै प्रभावकारी भुमिका खेल्ने यातायात ब्यवस्था विभागका सुचना अधिकारी तुल्सीराम अर्याल बताउँछन्।
 
‘विभाग यातायात क्षेत्रमा बाल मजदुरअन्त्य गर्न लागिपरेको छ, यो नियम लागू भएपछी यसमा धेरै कमी आउने हाम्रो विश्वास हो’ उनले भने।
 
बाल मजदुरप्रयोग गर्न नपाइने नियम पहिले देखी नै भएपनि यातायात व्यवसायीहरुले ऐनको धज्जी उडाउँदै आइरहेका थिए। यो प्रावधानले सवारी साधनमा बाल मजदुर हटाउन विशेष भुमिका खेल्ने विश्वास गरिएको छ।
 
Published on: 3 April 2018 | Setopati

Back to list

;