s

यातनापीडित युवतीबारे आयोगको चासो

मानव अधिकार आयोगले विदेशमा यातना खेपेर स्वदेश फर्किएकी एक पीडित युवतीका बारेमा चासो दिएको छ ।आयोग सदस्य सुदीप पाठकले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी गोगने–७, भोजपुरकी ३४ वर्षीया शान्ता राईलाई भेटेर जानकारी लिएका हुन् ।
 
राईलाई इराकको कुर्दिस्तानस्थित एक घरमालिकले अंगभंग हुनेगरी कुटपिट गरेका थिए । तीन वर्षअघि स्याङ्जा बयरघारी बस्ने बलबहादुर थापामगर र उनकी पत्नी शशि घलेले राईलाई इराक पुर्‍याएका थिए । पतिले छाडेपछि पारिवारिक गर्जो टार्ने सपना बोकेर इराकको कुर्दिस्तान पुगेकी थिइन् । घरमालिकको कुटाइबाट उनका दुवै खुट्टा भाँचिएका छन् । स्पाइनल इन्जुरी भएको छ । उनी गत पुस ८ गते ह्वीलचियरमा स्वदेश फर्किएकी थिइन् ।
 
Published on: 7 January 2018 | Kantipur

Back to list

;