s

यमनबाट १८ नेपालीको उद्दार

होम कार्की

तीन सातायता द्वन्द्वग्रस्त यमनमा कार्यरत १८ नेपालीको उद्दार गरिएको छ । यमन हेर्ने साउदी अरबस्थित नेपाली राजदूत उदयराज पाण्डेका अनुसार सम्पर्कमा आएका सबै नेपालीलाई उद्दार गरी स्वदेश पठाइएको हो । एकजना मात्रै बाँकी रहेका गोरखाका डुबहादुर अधिकारीलाई यमनबाट जिबुदीतर्फ पठाइएको छ । उनलाई राजधानी सानाबाट ट्याक्सीमार्फत होराइजा लगेर पानीजहाजमा पठाइएको हो ।

पाण्डेले भारतीय दूतावासको सहयोगमा यमनको द्वन्द्वमा फसेका नेपालीलाई उद्दार गर्न सहज भएको बताए । उनीहरू सबैलाई पानीजहाजमार्फत अपि|mकी देश जिबुदी पुर्‍याई नेपाल पठाउने काम भएको उनले जनाए । 'हामीसँग सम्पर्कमा आएका सबै नेपालीलाई उद्दार गर्न सफल भयौं,' उनले कान्तिपुरसँग भने, 'अब यमनमा नेपाली छैनन् ।'

यमनको होराइजा, एडेन र सानामा नेपालीहरू काम गर्थे । उनीहरू होटल र सुपरमार्केटमा काम गर्दै आएका थिए पछिल्लोपटक उद्दार हुनेमा प्रभु चौधरी, लोकबहादुर गोदार, जयकुमार राईलाई जिबुदीबाट भारत हुँदै नेपाल पठाइएको थियो । त्यसअघि कर्चा-७, गुल्मीका मधु अर्याल, नवलपरासीका सन्तोष पाण्डे, शान्तकुमार लिम्बू, रोशन विष्टलाई नेपाल पठाइएको थियो ।

सबैभन्दा पहिलो लटमा लुलु हाइपर मार्केटमा कार्यरत चापकोट-३, स्याङ्जाका अनिल विश्वकर्मा, मनोज भट्टराई, प्रकाश डोटेल, सन्तोष जिटी, रामपुर-९, पाल्पाका लेखनाथ खनाल रहेका छन् । त्यस्तै अर्को एडेन होटलमा कार्यरत रामपुर-३, रामेछापका गुणदास श्रेष्ठ रामपुर-५, रामेछापका ३२ वषर्ीय भक्तबहादुर श्रेष्ठलाई उद्दार गरिएको थियो । उनीहरू जिबुदीबाट टर्की हँुदै नेपाल पुगेका थिए । उनीहरूल्ाई लुलु हाइपर मार्केटले टिकटको व्यवस्था गरिएको थियो । एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत प्रचण्डमान श्रेष्ठ र उनकी पत्नीको पनि उद्दार भइसकेको छ ।

विद्रोही पक्ष हुत्ती समुदायले निर्वाचित राष्ट्रपतिलाई अपदस्त गरेपछि यमनमा हिंसा भड्किएको थियो । पछिल्लो एक सातादेखि साउदी अरबको नेतृत्वमा विद्रोही पक्ष हुत्तीलाई आत्मसमर्पण गर्न हवाई आक्रमण जारी राखेको छ । साउदीले थालेको यो अभियानमा बहराइन, कतार, यूएई र ओमनको साथ छ । ती भिडन्तहरूमा परी केही दिनयता मात्रै सयौंको ज्यान गएको छ । यमनको दक्षिणी नगर आदेनमा ठूलो भिडन्त भइरहेको बताइएको छ । उक्त सहरमा गत सातादेखि भिडन्त जारी छ ।

सिया मुस्लिम विद्रोहीहरूले राष्ट्रपतिविरुद्धको आक्रमण जारी राखेको बताएका छन् । यमनी राष्ट्रपति भने भागेर साउदी अरेबियामा शरण लिन पुगेका छन् । उनैको अनुरोधपछि साउदी अरेबियाको सेनाले यमनमा हवाई कारबाही गरिरहेको छ ।

Published on: 10 April 2015 | Kantipur Daily 

Back to list

;