s

विदेशको कमाइले बाख्रापालन

प्रताप विष्ट
 
विदेशमा कमाइ गरेेका ६ युवाले मकवानपुरको ग्रामीण भेगमा आधुनिक ढंगले बाख्रा फार्म स्थापना गरेका छन् । ओमानमा रोजगारी गर्दै गरेका बागलुङका प्रेमकुमार सापकोटा, सिन्धुलीका डिबी क्ष्ात्री, गुल्मीका बाबुराम अर्याल, झापाका दीपक श्रेष्ठ, बुटवलका गोपाल कुँवर र हेटांैडाका सुवर्ण कर्माचार्यको संयुक्त लगानीमा मकवानपुरको आमभञ्ज्याङ गाविस ३ स्थित काली वनमा बाख्राफार्म स्थ्ाापना गरेका हुन् । सुवर्ण कर्माचार्यबाहेक सबै लगानीकर्ताहरू ओमानमा काम गरिरहेका छन् । 
 
विदेशमा बसेर गरेको कमाइबाट बाख्रापालन व्यवसायलाई आधुनिकीकरणतर्फ डोर्‍याउने उद्देश्यले मकवानपुरमा फार्म स्थ्ाापना गरेको लगानीकर्ता डिबी क्ष्ात्रीले बताए । यो फार्म उन्नत जातका बाख्रा उत्पादन गर्ने स्राेत केन्द्रको रूपमा विकास गर्ने उद्देश्य लिएका छौं, उनले भने । एक करोडको लागतमा स्थ्ाापना गरेको  हिमालयन एग्राेटेक प्रालि नामक बाख्रा फार्मको बिहीबार प्रहरी नायव महानिरीक्ष्ाक विज्ञानराज शर्माले उद्घाटन गरेका थिए । 
 
फार्ममा  उन्नत जातका चार प्रजातिका बाख्राहरू छन् । गत जेठ महिनादेखि सञ्चालनमा ल्याएको फार्ममा जमुनापारी, बिट्ल, सिरोही र बारबेरी जातका २ सय ५ वटा बाख्रा र भर्खरै फार्ममा जन्मेका २५ वटा पाठापाठी छन् । 
 
उन्नत जातका चार वटा बोका छन् । बाख्रा र बोका दाङ र तनहुँबाट ल्याएका हुन् । २० वर्षको निम्ति सय रोपनी जग्ग्ाा भाडामा लिएर उनीहरूले फार्म खोलेका हुन् । तीन वर्षभित्रमा चार हजार बाख्रा पुर्‍याउने उनीहरूको योजना छ । 'फार्ममा उत्पादन भएका उन्नत जातका बाख्रा र बोका ग्रामीण भेगका कृषकहरूल्ााई सुपथ मूल्यमा बिक्री गर्ने र उनीहरूको आय आर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले बाख्रा फार्म खोलेको फार्मका अध्यक्ष्ा प्रेमकुमार सापकोटाले भने, 'विदेशमा बसेर सामान्य कमाइ गरे पनि ग्रामीण भेगका बासिन्दालाई सहयोग पुर्‍याउने उद्देश्यले संयुक्त रूपमा बाख्रा फार्म खोलेको हो । 
 
स्थानीय पशुसेवा कार्यालयको प्राविधिक सहयोगमा बाख्राहरू पालिएका छन् । बाख्राहरूलाई घाँस खुवाउन  भाडामा लिएको जग्गामा घाँस लगाएको छ भने चोकर पनि खुवाउने गरेका छन् । बाख्राको स्याहार सुसार, हेरविचार र घाँस काटेर खुवाउन फार्ममा १२ जना महिलासहित १८ जनाले रोजगारी पाएका छन् । बाख्रालाई हरियो, सुकेको घाँस र दाना मिसाएर खुवाउन मिक्चर मेसिन सञ्चालन गर्न विद्युत्को अभाव भएकाले मिसाएर दाना खुवाउन समस्या परेको अध्यक्ष्ा सापकोटाले बताए । थि्रफेजको लाइन नभएकाले मेसिन चलाउन समस्या परेको हो । आपmनो गाउँमा आधुनिक ढंगको बाख्राफार्म स्थ्ाापना गरेकोमा स्थानीयवासीहरू पनि खुसी छन् । यो फार्मले गर्दा यस क्ष्ाेत्रका युवाहरू पनि बाख्रापालन व्यवसायतर्फ आकषिर्त हुन थालेको स्थ्ाानीयवासी शम्भुबहादुर तामाङले बताए । राति राख्न बाँसको अजंगको बाख्राको खोर बनाएका छन् । दिउँसो खोरबाहिर राखेर घाँस खुवाउन पनि आधुनिक खालका टाट्ना बनाएका छन् । 
 
Published on: 25 October 2013 | Kantipur

Back to list

;