s

विदेश छाडेर धमाधम पशुपालनमा

विदेशमा काम गरेर फर्केका यहाँका युवाले पशुपालन व्यवसायमा लाखौं लगानी गर्न थालेका छन् ।

गाईभैंसी र बाख्रापालनमा यतिबेला युवाकाे लगानी बढेको छ । स्वदेशमा कामै पाइएन भन्दै खाडी मुलुकमा जान खोज्ने युवालाई उनीहरूले गाउँघरमै बसेर लाखौं कमाइ गर्न सकिने सन्देश दिएका हुन् । एक बर्षयता ६५ लाख रुपैयाँको  लगानीमा बागलुङ-२ श्रीनगरटोलका कृष्ण पौडेलले १५ गाई र ३० वटा भैंसीपालन सुरु गरेका छन् । 
 
दैनिक तीन सय लिटर दूध घरबाटै बिक्री गर्दै आएका पौडेलले मासिक पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेका हुन् ।
 
श्रीकृष्ण पशु र्फम सञ्चालन गरेका पौडेलले ६ जनालाई रोजगारी दिएका छन् । लामो समय भारतको एक बैंकमा काम गरेका उनले फर्केलगत्तै दुईवटा भैंसीबाट सुरु गरेको व्यवसायलाई बढेर यो अवस्थामा आइपुगेको हो । 
 
उनले वाषिर्क ७२ हजार रुपैयाँ तिर्ने गरी १० वर्षका जग्गा भाडामा लिएर र्फम सञ्चालन गरेका हुन् । उनले र्फममा ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।
 
त्यस्तै सिगाना-४ का सुशीला पन्त  र इन्द्रराज पन्तले व्यावसायिक गाईपालन गर्दै आएका छन्् । उनीहरूको गोठमा ६ वटा गाई छन्् । उनीहरूले अहिले गाउँघरमै दूध बिक्री गरिरहेका छन्् । 
 
दूध उत्पादन बढाएर बजार पठाउने योजना रहेको इन्द्रराजले बताए । त्यस्तै बोक्सेका कृष्णबहादुर खड््काले १० वटा गाई पालेका छन्् । दुबईमा पाँच वर्ष काम गरेर फर्केका खड््काले स्वदेशमै व्यवसाय गर्न पशुपालन थालेको बताए । युवाहरूमा कृषि व्यवसायमा मोह बढेको वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताए । 'व्यावसायिक किसानलाई सक्दो प्राविधिक सहयोग गरेका छौं,' विष्टले भने । 
 
Published on: 12 August 2012 | Kantipur 

Back to list

;