s

भीएलएन सञ्चालकलाई धरौटीमा छाड्ने न्यायाधीश छानबिनमा तानिए

न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानबिन गर्ने भएको छ ।
 
मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दामा न्युन धरौटी लिएको प्रकरणमा जिल्ला न्यायाधीशमाथि छानबिन गर्ने निर्णय भएको हो । बुधबार बसेको न्यापरिषदको बैठकले छानबिन गर्न न्यायपरिषदका सदस्यहरु पदम वैदिक र रामप्रसाद सिटौलालाई जिम्मा दिइएको छ ।
 
भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठविरुद्ध प्रहरीले सरकारी वकिलमार्फत झण्डै ३ अर्ब ठगीको मुद्दा चलाएको थियो । तर न्यायाधीश बस्नेतको इजलासले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशलगत्तै कानुनमन्त्री शेरबहादुर तामाङले सार्वजनिक रुपमै न्यायाधीशमाथि छानबिन गर्ने अभिव्यक्ति दिएका थिए ।
 
कामदारबाट अवैध रुपमा रकम असुल गरेको आरोपमा भीएलएन नेपालका राम श्रेष्ठविरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तथा ५ वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
 
Published on: 4 July 2018 | Onlinekhabar

Back to list

;