s

भीएलएनका सञ्चालक श्रेष्ठ ललितपुर अदालतमा १२ लाख बुझाएर छुटे

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत, ललितपुरले १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
 
यसअघि उनलाई सोही प्रकृतिको मुद्दामा जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, जिल्ला प्रहरी कार्यालय, ललितपुरमा पनि उनीविरुद्ध अनुसन्धान भइरहेकाले प्रहरीले फेरि पक्राउ गरेको थियो ।मंगलबार जिल्ला अदालत, ललितपुरका न्यायाधीश धनसिंह महराको इजालासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
 
वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । उनको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।
 
उनले पनि २०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपे । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा र्पुयाउँदा २८ सय रुपैयाँ लिने अर्को धन्दा उनले चलाएका थिए ।
 
Published on: 19 June 2018 | Onlinekhabar

Back to list

;