s

भिजिट भिसासम्बन्धी यस्तो छ नयाँ नियम

सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि नयाँ नियम ल्याएको छ।

भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा यसअघि बनेको नियम खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो।

नयाँ नियम अनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ। सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ।

यस्तै दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने नयाँ नियममा उल्लेख छ।

Published on: 24 January 2024 | Nagarik

Link

Back to list

;