s

भिजिट भिसामा श्रमिक विदेश पठाएको आशंकामा तीन म्यानपावरमा छापा

१९ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबार ३ वटा म्यानपावरमा छापा मारेको छ । भिजिट भिसामा कामका लागि पठाउने भन्दै रकम असुल गरेको पूर्वा सूचनाका आधारमा विभागले छापा मारेको हो ।

स्काई अफ द वर्ल्ड म्यानपावर, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट र सुर्खेत ओभरसिजमा छापा मारिएको विभाले जनाएको छ । 

स्काई अफ द वर्ल्ड म्यानपावर र इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट स्काई अफ द वर्ल्ड म्यानपावरबाट विभागले कम्प्युटरसहित कागजात जफत गरेको छ । इम्पावरमा भने टोली नपुग्दै बन्द गरेर सञ्चालक भागेको पाइएपछि विभागले सिल गरेर फर्किएको छ ।

Published on: 4 December 2020 | Onlinekhabar

Link

Back to list

;