s

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

२ जेठ, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-९ घर भई हाल काठमाडौ्को तार्केश्वरमा बस्‍ने २४ वर्षीय राकेश सुनार भन्‍ने गोपाल सुनार र गोरखाको पालुङटार-८ घर भई हाल टोखा नगरपालिका-६ बस्‍ने आयुष भन्‍ने २५ वर्षीय आकाश बाबु विक रहेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले गोपाल र आयुषलाई बौद्धबाट पक्राउ परेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी प्रलोभनमा पारेर कुवेत पुर्‍याई मानव बेचविखन गरेको प्रहरीको आरोप छ ।

Published on: 16 May 2024 | Onlinekhabar

Link

Back to list

;