s

भिजिट भिसामा कुवेत जान लागेका ३९ महिला नियन्त्रणमा

काठमाडौँ — भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको छ । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्टिय सुरक्षा कार्यालयले पक्राउ गरी माइती नेपाललाई जिम्मा लगाएको छ ।

उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुबेत जान लागेका थिए । भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा उनीहरूलाई रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले बताए । ती महिलाहरूलाई पीडितका रूपमा माइती नेपालमा पठाएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published on: 25 August 2022 | Kantipur

Link

Back to list

;