s

भिजिट भीषा देखाएर ठगी

यूएईको भिजिट भीषाका नाममा धनुषाका पाँच युवा ठगिएका छन् । जनकपुरमा मनिषा ट्राभल्स एण्ड टुर्स सञ्चालन गरेर बसेका बद्री ठाकुरले यूएईमा पेप्सी कम्पनीमा रोजगारी दिलाइ दिने भन्दै करीव दुई लाख उठाएका छन् । ठगिएको दाबी गर्ने युवाहरुमा महोत्तरीका किशोरी मण्डल धानुक, रामहृदय कापर, उपेन्द्र सहनी, धनुषाका मन्सुर आलम र जीतनारायण गडेरी रहेका छन्।
 
ठाकुरले उनीहरुलाई यूएईस्थित पेप्सी कम्पनीमा मासिक तलब १ हजार ५ सय र खानाका लागि थप ३ सय दिराम गरी मासिक झण्डै ५० हजार रुपैयाँ कमाई हुने भन्दै रकम उठाएको बताइएको छ । ठगीमा परेकाहरुले आफूहरुसँग रकम उठाएको भन्दै रकम फिर्ता गराइदिन धनुषास्थित सूचना केन्द्रमा निवेदन दिएका छन् । रकम उठाएपछि उनीहरुलाई एजेण्ट ठाकुरले तीन पटक काठमाडौं ल्याई स्वास्थ्य परीक्षण गराई भिजिट भीषा तथा फ्लाई दुवइको टिकट दिएर उम्किन खोजेको पीडितहरुको भनाइ छ ।
 
Published on: 3 April 2018 | Madhyanha

Back to list

;