s

भिसा लागेका कामदारको श्रम स्विकृति खुला गर्न माग

गत जेठ ३ गतेवाट स्थगित भएको मलेसिया रोजगारीको कारण हजारौं युवाहरु काठमाडौंमा अड्किएका छन। सयौंको भिसा अबधि सकिएको छ ।नेपाल वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङका अनुसार नेपालस्थित मलेसिया दूतावासद्वारा भिसा लगाइ सकेका ३ हजार युवा रोकिएको र कलिङ भिसा प्राप्त गरेका करिब ११ हजार युवाको रोजगारि गुम्ने अवस्था सृजना भएको छ ।
 
नयाँ कामदार लैजान प्राप्त भएको करिब २५ हजार माग संख्या पुर्ब श्रम स्विकृति रोकिदाँ मलेसियन कम्पनीहरुले अन्य मुलुकबाट कामदार भित्र्याउने तयारी गरिरहेको छ। नेपाल सरकारले कुटनैतिक पहल गरिरहेको जनाएको छ भने व्यवसायी संघले आफ्नो प्रतिनिधि मलेसिया पठाइ रोजगारि खोल्न पहल गरि रहेको छ।
 
आज मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले अचानक नेपाली दूतावासको अनौपचारिक भ्रमण गरेका छन् । सोही अवसरमा कार्यबहाक राजदुत कुमार खरेलले नेपाली कामदार रोकिएपछिको अवस्थाबारे जानकारी गराएका छन् । मन्त्री एम .कुलासेगरनले यही साउन ८ गते यस विषयमा खरेलसँग वार्ता गरिने आश्वासन दिएका छन् । यथासक्य मलेसिया रोजगार नखुले भिसा लगाएका र कलिङ भिसा प्राप्त गरेका हजारौं युवाहरु अलपत्रमा पर्ने संघले जनाएको छ।
 
नेपाल वैदेशिक रोजगार व्यावसायी संघले एक साता भित्र भिसा लगाइ सकेका काम्दारको श्रम स्विकृति खुला नगरे बिभागमा धर्ना दिने जनाएको छ
 
Published on: 19 July 2018 | Setopati

Back to list

;