s

विदेश पठाउन नसकेका एजेण्टले पैसा फिर्ता गरे

रुपा राई

विदेश पठाइदिने भन्दै पैसा र पासपोर्ट लिएका एजेण्ट गफुर मियाँले ९ जनाको पैसा फिर्ता गरेका छन् । 

सिरहाका २० जनालाइ विदेश नपठाएको र पैसा तथा पासपोर्ट पनि फिर्ता नदिएको उज्यालोमा प्रकाशित भएपछि एजेण्टलाई दवाब बढेको थियो । उनले २० जनामध्ये ९ जनाको पैसा फिर्ता गरेका छन् । ७ जनाबाट ३० हजार रुपैयाँका दरले लिएका गफुरले २५ हजार रुपैयाँका दरले फिर्ता गरेका छन् ।
 
त्यस्तै ३० हजार लिएका एक जनालार्य २५ हजार र ४५ हजार लिएका एक युवालाई ४० हजार रुपैयाँ फिर्ता गरेका हुन् । बाँकी ११ जनालाई चैत ५ गते फिर्ता गर्ने सहमति भएको छ ।
 
गएको १६ गते प्रहरी कार्यालयमा भएको छलफलमा पनि सहमति हुन नसकेपछि रिटर्नी स्वयमसेवक शत्रुधन महतोको पहलमा धनगढीमाई नगरपालिका ४ मा भएको छलफलपछि गफुरले पैसा फिर्ता गरेका हुन् । 
 
उनले २० जनाकै पासपोर्ट भने चैत १९ गते फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । पासपोर्ट फिर्ता गर्न नसके जनही १२ हजार रुपैयाँ दिइने सहमति भएको रिटर्नी स्वयमसेवक महतोले बताउनुभयो । 
 
Published on: 4 March 2018 | Ujyaaloonline

Back to list

;