s

वैदेशिक रोजगारीका लागि यूएई जान प्रहरी रिपोर्ट नचाहिने

रुद्र खड्का

संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ। अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो। यूएई स्थित नेपाली राजदूत सागर फुँयालले अबदेखि नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने जानकारी केहीबेर अघि प्राप्त भएको नागरिकन्यूजलाई टेलिफोनमा बताए। ‘मैले केहीबेर अघि यस्तो सूचना प्राप्त गरेको छु,’ उनले भने, ‘नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने सूचना नेपालको पराराष्ट्र मन्त्रालयमा जानकारी गराउने तयारी गर्दैछु ।’

दुई महिना अघि यूएई सरकारले नेपाल लगायतका देशबाट जाने कामदारका लागि प्रहरी रिपोर्ट चाहिने निर्णय गरेको थियो। जसका कारण कामदारलाई सास्ती हुँदै आएको थियो। हाल यूएईमा आधिकारिकरुपमा २ लाख २५ हजार नेपाली रोजगारीमा छन्। अवैध कामदार समेत गरेर करिब ४ लाख नेपाली यूएईमा रहेको अनुमान गरिन्छ।
 
Published on: 2 April 2018 | Nagarik

Back to list

;