s

उत्तर कोरिया र मकाउ पठाउँछु भनेर ठग्ने दुई जना पक्राउ

उत्तर कोरियाको एक कृषि फर्ममा जागिर लगाइदिने भन्दै ठग्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३ जनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा सिन्धुलीका दिनेश भनिने रामबहादुर थापा, मकवानपुरको दिनेश श्रेष्ठ र कल्पना ढुंगाना छन् । ब्यूरोका एसपी कृष्णहरि शर्माका अनुसार उनीहरुले उत्तर कोरिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने भन्दै झक्याएर रकम लिएर ठगी गरेको खुलेको छ ।
 
उनीहरुले हालसम्म ५ जनाबाट ४२ लाख रुपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको ब्यूरोमा उजुरी परेको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । यसैबीच, मकाउमा जागिर लगाइदिने भन्दै रकम असुली गर्ने एक जना पक्राउ परेका छन् ।
 
पक्राउ पर्नेमा सुनसरीको धरानका बालकृष्ण भण्डारी छन् । उनलाई ब्यूरोको टोलीले ललितपुरको थसिखेलबाट पक्राउ गरेको एसपी शर्माको भनाइ छ । उनले त्यसरी मकाउ पठाइदिन्छु भनेर २३ जनाबाट २ लाख ७५ हजार रुपैयाँ उठाएको जनाइएको छ । ठगीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सीआईबीको भनाइ छ ।
 
Published on: 29 July 2018 | Onlinekhabar

Back to list

;