s

उत्तर कोरिया पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय, ३ जना पक्राउ

प्रकाश ढुंगाना

उत्तर कोरिया पठाउने भन्दै ठगी गर्ने गिरोह काठमाडौं उपत्यकामा सक्रिय रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट ३ जना पक्राउ परेपछि उत्तर कोरिया पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ। सिआइबीले सिन्धुली पुरानो झागली घर भइ कपनमा बस्दै आएका दिनेश भन्ने रामबहादुर थापा, मकवानपुरका दिनेश श्रेष्ठ र कल्पना ढुंगानालाई पक्राउ गरेको छ।

उनीहरुले श्रम इजाजत प्राप्त नै नभएको देशमा पठाउछु भन्दै दर्जनौ युवाहरुलाई ठगी गरेका थिए। कृषी फर्ममा काम लगाइदिने भन्दै उनीहरुले एक जनाबाट ७ लाखरुपैयाँ उठाउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डिएसपी कवित कटवालले बताए।
 
साथै दिनेश भन्ने राम बहादुर थापा र कल्पना ढुंगानाले अष्टेलिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायतमा देशहरूमा समेत रोजगारीको राम्रो अवसर छ भनी सर्वसाधारण नागरिकहरूलाई झुक्यानमा पारी ठूलो रकम लिई ठगी गरेको खुल्न आएको र हालसम्म ५ जना व्यक्तिहरूबाट ४२ लाख भन्दा वढी रकम लिई ठगी गरेको उजुरी प्राप्त भएको उनले बताए।
 
ती देशहरुमा लैजाने भन्दै कतिपय मलेसिया र थाइल्याण्ड अत्रपत्र परेर फर्किएका छन् । उनीहरुले रकम पर्यटक भिसामा मलेसिया र थाइल्याण्ड लैजाने गरेको र त्यहाँ १ महिनासम्म राखेर कतिपयलाइ उत्तरकोरिया र अष्टेलिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायतका देशमा पठाउने गरेको खुल्न आएको छ। त्यहाँ पुगेपछि युवाहरु अलपत्र भएपछि विशेष सुचनाको आधारमा प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो।
 
Published on: 29 July 2018 | Setopati

Back to list

;