s

उपचार नपाएका युवाको साउदीबाट उद्धार

पेटसम्बन्धी रोगले ग्रस्त भई उपचार नपाएका एक नेपाली युवाको साउदी अरबबाट उद्धार गरी स्वदेश पठाइएको छ । 
 
बीस महिनाअघि रोजगारीका लागि साउदी आएका सिराहा गुलरियाका दिनेश दासलाई मिथिला एकता समाजको पहलमा उद्धार गरी स्वदेश पठाइएको हो ।
 
रियादस्थित अल फनार कम्पनीमा मजदुरका रुपमा कार्यरत दासको उपचारको अभावमा स्वास्थ्य स्थिति थप चिन्ताजनक बनेपछि उद्धार गरिएको समाजका अध्यक्ष सुनिल गुप्ताले जानकारी दिनुभयो । 
 
दुई महिनाअघिदेखि पेटसम्बन्धी रोगले पीडित बनेका दासको उपचार र स्वदेश फिर्तीमा रोजगारदाताले बेवास्ता गरेपछि उनी समस्यामा परेका थिए । पीडित दासलाई स्वदेश फिर्तीका लागि समाजले हवाई टिकटको व्यवस्था गरेको गुप्ताले बताउनुभयो ।
 
Published on: 23 February 2016 | Nagarik
 

Back to list

;