s

उपभोगमुखी रेमिट्यान्स

रेमिट्यान्स (विप्रेषण) छोटो अवधिको स्रोत हो। रेमिट्यान्सले मात्रै देशको उन्नति हुँदैन, आन्तरिक उत्पादन र आय पनि बढ्नुपर्छ। नेपालले प्राप्त गर्ने रेमिट्यान्स गुणस्तरीय छैन। यस्तो रेमिट्यान्स उपभोगमुखी छ। प्राप्त भएको ७० प्रतिशत त वस्तु आयात गर्नै बाहिरिने गर्छ। गुणस्तरीय रेमिट्यान्स भन्नाले थोरै मान्छे बिदेसिँदा पनि सधैं र एकनासले धेरै दरमा पैसा भित्रिनु हो।

गुणस्तरीय रेमिट्यान्स भित्र्याउन सरकारले प्राविधिक ज्ञान तथा सीप विकास गरेका जनशक्ति उत्पादन गर्न आवश्यक छ। अहिले वार्षिक १२ खर्ब रुपैयाँको दरमा रेमिट्यान्स भित्रिइरहेको छ। रेमिट्यान्सलाई बढी उपयोगी बनाउन सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई दक्ष र सीपयुक्त बनाउनुपर्छ। स्वदेश भित्रिएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ।

अर्कोतिर रेमिट्यान्स पठाउनेसँग पर्याप्त रकम नभएको र सरकारप्रति विश्वास नभएको देखिन्छ। बैंकिङ प्रणालीमा आबद्ध हुन् वित्तीय साक्षरताको कमी र प्रक्रियागत झन्झट रहेको संकेत गर्छ।

रेमिट्यान्स लगानीमुखी हुन जरुरी छ। सरकारले रेमिट्यान्स पठाउनेले सीधै विविध परियोजना तथा कम्पनीमा लगानी गर्ने वा उनीहरूका परिवारलाई रोजगारी सिर्जना हुने वातावरण सिर्जना गर्नुपर्छ। उनीहरू फर्किएर नेपाल आएपछि रोजगारीको सुनिश्चितता पनि हुने योजना ल्याउनुपर्छ।

Published on: 20 November 2023 | Annapurna Post

Link

Back to list

;