s

उमेश यादव बचाउ अभियानलाई १० लाख

साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यादवको जीवनरक्षाका लागि हेल्प मधेसीले संकलन गरेको दस लाख रुपैयाँ मुख्यमन्त्री लालबाबु राउतले बुधबार हस्तान्तरण गरेका छन् ।
 
मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ग्रोइभ नेपाल फाउन्डेसनका अध्यक्ष सरोज रायलाई रकम उपलब्ध गराइएको हो । कार्यक्रममा यादवका परिवार पनि उपस्थित थिए । मुख्यमन्त्री राउतले यादवको जीवनरक्षाका लागि हेल्प मधेसीले गरेको सहयोगको प्रशंसा गरे । यसका लागि प्रदेश सरकारबाट हुने हरेक सहयोग गर्न आफू तयार रहेको पनि उनले बताए ।
 
पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएका यादवलाई आममाफी दिन मृतकको परिवार तयार भइसकेको छ । तर त्यसका लागि ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमनी स्वरूप पीडित परिवारलाई दिनुपर्नेछ ।
 
अभियानअन्तर्गत हालसम्म ३७ लाख ५० हजार नेपाली रुपैयाँ संकलन भएको उमेश यादव बचाउ अभियानका संयोजकसमेत रहेका रायले बताए ।
 
Published on: 24 May 2018 | Kantipur

Back to list

;