s

युक्रेनबाट ५३३ नेपालीको उद्धार

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रूपमा युक्रेन नजिकैका छिमेकी देशमा पुगेको बताएका छन्। मन्त्रालयमा सोमबार आयोजित पत्रकारसम्मेलनमा बोल्दै उनले भारतको उद्धार टोलीको सहयोगमा नेपालीलाई युक्रेनबाट बाहिर निकालिएको बताए। यसको समन्वय जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासले गरेको थियो। 

उद्धार गरिएकाहरू धेरै पोल्यान्ड पुगेका छन्। ४ सय २७ जना पोल्यान्ड र बाँकी अन्य देशमा सुरक्षित पुगेको सरकारसँग तथ्यांक छ। 

‘भारत सरकारलाई हामीले उद्धारका लागि पत्रमार्फत अनुरोध गरेका थियौं,’ परराष्ट्रमन्त्री खड्काले भने, ‘भारतकै सहयोगमा उद्धार गर्न सकियो। यसका लागि भारत सरकारलाई धन्यवाद छ।’

Published on: 8 March 2022 | Annapurna Post

Link

Back to list

;