s

उज्यालो समाचार प्रभाव : दलालले ठगेको रकम फिर्ता गरे

रुपा राई

सिरहाका गुफर मियाले युएई पठाउँछु भन्दै लिएको १० लाख ८१ हजार रुपैयाँ र पासपोर्ट फिर्ता गरेका छन् । मियाले पैसा र पासपोर्ट फिर्ता गर्न आलटाल गरेको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि विभिन्न चरणमा पीडितलाई रकम फिर्ता गरेका हुन ।राम्रो कम्पनीमा काम लगाउने भन्दै २० जनाको पासपोर्ट र रकम लिएका मियाले सोमबार १७ जनाको पासपोर्ट र पैसा फिर्ता गरेका छन् भने दुई जनालाई विदेश पठाउने सहमति गरेका छन् ।

अर्का एक जनालाई भने वैशाख २० गते ३० हजार रुपैयाँ दिने सहमति गरेका छन् । गार्डको काम भनेर दुई जनालाई युएई पठाएपनि ऊँट र बाख्रा चराउने काम परेपछि उनीहरु फर्किएका थिए । विदेश नपठाएको र पठाएका पनि अलपत्र परेपछि पैसा र राहदानी फिर्ताका लागि पीडितले सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तर्गत सिरहामा रहेको सूचना केन्द्रमा निवेदन दिएका थिए । 

Published on: 22 March 2018 | Ujyaaloonline

Back to list

;