s

उजुरी विवरण गृह पठाइयो

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी सम्बन्धमा परेका उजुरी लगायतका विवरण गृहमन्त्रालयलाई उपलब्ध गराएको छ । गत सोमबार मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यसँगको भेटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठगीका उजुरी लगायतका विषय माग गरेका थिए । त्यसको भोलिपल्ट मंगलबार महानिर्देशक आचार्यले गृहमन्त्रीलाई विवरण बुझाएका हुन् ।
 
विभागले विगतमा भएको फ्री भीषा फ्री टिकट सम्बन्धी निर्णय र कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था लगायतका विषयको विवरण मन्त्री थापालाई बुझाएको बताइएको छ । विभागबाट प्राप्त विवरणपछि मन्त्री थापाले नेपालस्थित मलेसिया र यूएईका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस विषयमा विस्तृतमा बुझ्ने योजना बनाएको बताइएको छ ।
 
Published on: 15 March 2018 | Madhyanha

Back to list

;