s

युगन्डामा मृत्यु भएका बुढाथोकीको परिवारलाई २३ लाख क्षतिपूर्ति

गत वर्ष युगान्डामा मृत्यु भएका नेपाली पोस्टबहादुर बुढाथोकीको परिवारले २३ लाख क्षतिपूर्ति पाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), युगान्डाको पहलमा बुढाथोकी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बीमाबापत नेपाली २३ लाख रुपैयाँ नेपाल पठाइएको हो ।
 
एनआरएनए, युगान्डाका अध्यक्ष राजमणि भण्डारीले मृतक बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अञ्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकमार्फत पठाइएको जानकारी दिए ।
 
संघका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार, छोरीको मुद्दती खातामा राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने व्यवस्था गरिएको छ ।
 
Published on: 26 April 2018 | Onlinekhabar

Back to list

;