s

युएईमा कोरोनाबाट ८ नेपाली संक्रमित

रामकुमार परियार 

युएई- संयुक्त अरब ईमिरेट्स (युएई) मा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ। युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले फाल्गुन २६ गते पहिलोपटक २ जना नेपाली कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको थियो। त्यसपछि चैत्र १४ गते २ जना नेपाली सहित ७२ जना र चैत्र १५ गते पुनः २ जना नेपाली सहित ६३ जनामा कोरोना देखिएको थियो। 

स्वास्थ मन्त्रालयले मंगलबार नयाँ २ जना नेपाली सहित ५३ जना कोरोनाबाट संक्रमित भएको जनाएको छ। यो संगै युएईमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ। संक्रमित सबैको आईसोलेसनमा उपचार भईरहेको र २ जना संक्रमण मुक्त बनिसकेको दूतावासले जनाएको छ। 

यसैबीच कोरोनाबाट नेपालीहरु समेत संक्रमित हुन थालेपछि नेपाली दूतावासले आफ्ना नागरिकलाई संयमित बन्न आग्रह गरेको छ। साथै स्थानीय प्रशासनले जारी गरेका नियमहरु सावधानीपुर्वक पालना गर्न दूतावासले विज्ञप्ति मार्फत आग्रह गरेको छ। 

युएईमा अहिलेसम्म ६ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको छ। यसैगरी मृत्यु हुनेको संख्या ६ पुगेको छ।

Published on: 1 April 2020 | Nagarik

Link

Back to list

;