s

उद्धार गरिएका बाल मजदूरमा मानसिक समस्या

उद्धार गरिएका बाल मजदूरमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय र बेलायतको किङ्गस कलेजले गरेको अध्ययनमा सो तथ्य फेला पारेको हो । बाल मजदूरलाई उद्धार गरी पुनःस्र्थापना कार्य गर्दै आएका उपत्यकाभित्रका आठवटा संस्थाका १०३ बालबालिका माथि सो अध्ययन गरिएको थियो । अध्ययन प्रतिवेदन सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा त्रिचन्द्र क्याम्पसको मनोविज्ञान विभागका प्रमुख डा. नारायणप्रसाद शर्माले त्यस्ता बालबालिकाले कुनै न कुनै किसिमको दुव्र्यवहार भोगेको पाइएको बताउँदै भन्नुभयो, “ती बालबालिकाको ध्यानमा विचलन देखिएको छ ।”

उद्धार गरिएकामध्ये ६२ प्रतिशत बालबालिकाले तीनभन्दा बढी प्रकारका दुव्र्यवहार भोगेको अध्ययनले देखाएको छ । त्यस्ता बालबालिकाले शारीरिक, यौन, भावनात्मक, वेवास्ता लगायतका दुव्र्यवहार भोग्नुपरेको थियो । अध्ययनमा १२ देखि १८ वर्ष उमेर समूहलाई सहभागी गराइएको थियो ।

त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक सन्देश ढकालले अध्ययनले ९.७ प्रतिशतमा सधैभरि डर लाग्ने लक्षण, २७.२ प्रतिशतमा नजिकका व्यक्तिसँग छुट्टिनुपर्ने डर, २५.२ प्रतिशतमा आत्तिने डर देखिएको जानकारी दिनुभयो ।

उहाँले उद्धार गरिएकामध्ये ६.८ प्रतिशत बालबालिकामा कडा खालको डिप्रेसन र १२.६ प्रतिशतमा कम खालको डिप्रेसन समेत देखिएको बताउनुभयो ।
“यस्ता मानसिक समस्या पालेर बस्दा त्यसले डरलाग्दो रुप लिन सक्दछ । त्यसैले जतिछिटो उनीहरुको समस्या पहिचान गरी उपचार गर्नै पर्दछ” उहाँले भन्नुभयो, “केही बालबालिकामा कम्प्युटरमा आधारित विधि प्रयोग गरेर उपचार सुरु गरेका छौँ । त्यो विधि सफल भएमा अन्य बालबालिकालाई पनि काम लाग्न सक्दछ ।”

किङ्गस कलेज लण्डनका सहप्राध्यापक जेनिफर एफ लाउले भारत र नेपालका बाल मजदुरमाथि गरिने दुव्र्यवहार समान रहेको बताउनुभयो ।

Published on: 15 November 2019 | Gorkhapatra

Link

Back to list

;