s

उद्दारका लागि साउदीबाट दामोदर क्षेत्रीको हारगुहार

साउदी : वैदेशिक रोजगारका क्रममा साउदी अरेबिया पुगेका बुटवल ४ का दामोदर क्षेत्री ११ वर्षदेखि साउदीमा अलपत्र छन्। २०६८ असारमा इमेज मेनपावरबाट ड्राइभर भिसामा साउदी गएका थिए। हातमा सीप भएका क्षेत्रीले ड्राइभर भिसा परिवर्तन गर्न कम्पनीमा अनुरोध गरे। कम्पनीले २५ सय साउदी रियाल मागेपछि कार्यरत कम्पनीबाट भागेर २०६९ सालमा हमदसाउद अलहाजीरि कम्पनीमा ड्राइभरको काममा लागे । 

काम गर्दै जाँदा आफूले चलाएको गाडी दुर्घटना पर्‍यो । घुर्टनामा पाकिस्तानी नगरिकको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा परेका दुबै गाडीहरू जलेर नष्ट  भए। दामोदर पनि पक्राउ परे। तीन महिना जेल बसे। जेलबाट निस्केपछि पुन: कम्पनीको काममा फर्कीए।

तर, कम्पनीले दामोदरसँग दुर्घटनामा जलेको गाडीको क्षतिपूर्ति रकमस्वरूप ७९ हजार साउदी रियाल (लगभग २४ लाख ८० हजार) नेपाली रूपैयाँ माग गर्यो ।दामोदरले सो रकम तिर्न नसकेपछि सम्बन्धित कम्पनीले दुई वर्षपछि जेल चलान गर्यो । तर, दुर्घटनामा ज्यान गुमाएका पाकिस्तानी नागरिकको तर्फबाट  भने कुनै उजुरी परेन । 

२०७४ देखि साउदीको जुवेल जेलमा कैदी जीवन विताएका क्षेत्री २०७८ फागुनमा छुटे। ४ वर्ष जेल सजाय कटाइसकेका  क्षेत्रीले हालसम्म सो रकम तिर्न सकेका छैनन्। रकम अभावले उनी साउदीमा अलपत्र परेका हुन् । 

क्षेत्रीले आफूमाथि भएको घटनालाई दूतावास, एनआरएन, भातृसंगठन तथा विभिन्न  सामाजिक संघसंस्थासँग जानकारी गराएको र आवश्यक रकम सहयोग सहित उद्दारका लागि गुहार गरेका छन्। क्षेत्री अलपत्र परेसँगै परिवारले नेपाल सरकार, सम्बन्धित निकाय र दूतावासलाई कुटनैतिकरुपमा सहयोग गरि उद्दार गर्न अनुरोध गरेका छन् ।

Published on: 27 December 2021 | Annapurna Post

Link

Back to list

;