s

उद्धार उडान : सरकारले घटायो हवाई भाडा, कहाँको कति?

सरकारले साउदी,कुवेत मलेसिया लगायतका देशबाट आउने नेपालीहरूका लागि हवाई भाडा घटाएको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमका अधिकारीहरूसँग छलफल गरेपछि हवाई भाडा घट्ने भएको हो।

हिमालयन एयरलाइन्सले पनि भाडा घटाएर त्यही रकममा नेपाली ल्याउने तयारी गरेको पर्यटन मन्त्रालय निकट स्रोतले सेतोपाटीलाई बतायो।

सेतोपाटीलाई प्राप्त भाडादर अनुसार यसअघि मलेसियाको हवाई भाडा ४ सय ६५ अमेरीकी डलर रहेको थियो। भाडा घटेपछि अब मलेसियाको भाडा ३ सय ७२ डलर कायम भएको छ।

कतारको दोहाबाट नेपाल फर्किन ४ सय ९० डलर तोकिएको थियो भने अहिले ९८ डलर घटाएर ३ सय ९२ डलर पुर्याइएको छ। 

दुबईको भाडा ३ सय ७२ डलर कायम गरिएको छ। यसअघि ४ सय ५० डलर रहेको थियो। 

साउदी अरबको दमामबाट आउनका लागि १ सय डलर भाडा घटाइएको छ। अहिले ४ सय ३० डलर तोकिएको छ। साउदीको जेहादको भाडा ५ सय ९० डलर तोकिएको छ। यसअगाडि ६ सय ९० डलर रहेको थियो। साउदीको रियादको भाडादर अहिले ४६५ डलर कायम भएको छ। पहिला ५६५ डलर थियो।

ओमनको मस्कटको भाडा ३ सय ६८ डलर कायम भएको छ। यसअगाडि ४ सय ६० डलर रहेको थियो।

यसअघि ४ सय ९० डलर तोकिएको बहराइनको भाडा ३ सय ९२ डलर कायम भएको छ।  कुवेतको भाडा ४ सय १० डलर कायम भएको छ। यसअगाडि ५ सय १० डलर रहेको थियो। 

त्यस्तै जोर्डनको भाडादर १०० डलर घटाइएको छ। यसअघि ७ सय ७५ डलर तोकिएको थियो भने अहिले ६ सय ७५ डलर कायम भएको छ। 

यसअघि साइप्रसको भाडा ८ सय ३० डलर रहेकोमा अहिले सय डलर घटाएर ७ सय ३० डलर पुर्‍याइएको छ।

Published on: 13 June 2020 | Setopati

Link

Back to list

;