s

उच्च रक्तचापका बिरामी देउमानको कुवेतमा मृत्यु

कोशराज राई

पाँचथरको फिदिम १ का देउमान तामाङको बिहीबार कुवेतमा ज्यान गएको छ । 

उच्च रक्तचापका बिरामी देउमान ड्युटीमा नै बेहोस भएपछि उपचारका लागि अमिरी अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएपछि डाक्टरले देउमानलाई मृत घोषणा गरेको थियो ।
 
मृतक तामाङ १४ वर्षदेखि अल्मुल्ला सेक्युरिटी कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । 
 
Published on: 26 January 2018 | Ujyaalo Online

Back to list

;