s

युएईमा ज्यान गुमाएकाका परिवारलाई सहकर्मीद्वारा १९ लाख आर्थिक सहयोग

उमाकान्त पाण्डे

युएईमा अकालमै ज्यान गुमाएका सहकर्मीको परिवारलाई दुबईमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । रोजगारीका लागि दुबई आएको ६ महिना नपुग्दै ज्यान गुमाएका चितवन मेघौलीका भरत घिमिरेका परिवारलाई उनीहरुले आर्थिक सहयोग गरेका हुन् । 

घिमिरे कार्यरत कम्पनीका नेपाली तथा गैर नेपालीले संकलन गरेको १९ लाख ३२ हजार ४ सय ६९ रुपैयाँ मृतकको परिवारको नाममा सनराइज बैंकका युएई प्रतिनिधि सन्जित सिंहको सहयोगमा जम्मा गरिएको छ । संकलित रकम नेपाली दुतावासको रोहबरमा सार्वजनिक गरिएको हो ।
 
सहकर्मी गुमाउँदाको पीडा हुँदाहुँदै पनि रकम संकलन गरेर उहाहरणीय काम गरेको दुतावासका उप–नियोग प्रमुख सागर प्रसाद फुयाँलले बताउनु भयो । कम्पनीमा कार्यरत ढकबहादुर श्रेष्ठ, सचिन ढुंगाना, जगत बस्नेत, कृष्ण घिमिरे, गणेश देवकोटा र जे.सागर लगायतको नेतृत्वमा रकम संकलन गरिएको थियो ।
 
आबुधाबी विमानस्थलको पूर्वी गेटमा कार्यरत घिमिरेको पिएसबिडी परीक्षाको अघिल्लो दिन हृदयघातका कारण मार्फकमा ज्यान गएको थियो ।  
 
Published on: 29 January 2018 | Ujyaalo online

Back to list

;