s

युएईमा समस्या परे सर्म्पकमा आउनु : नेपाली दूतावास

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण यूएईमा समस्यामा परेका नेपालीहरुलाई यूएई सरकारले सबै प्रकारको सहयोग प्रदान गर्ने बताएको छ ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईका उच्च सरकारी प्रतिनिधिहरुसँग भएको छलफलमा यूएई सरकारले उक्त कुरा बताएको जानकारी दिएका छन् ।

भिसाको समस्या वा रोजगारीको कटौतीको कारण बस्‍न वा खानामा समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि दूतावासले जनाएको छ । 'यएईमा हामी कोही पनि नेपालीहरुलाई कुनै पनि कारणले समस्यामा पर्न दिदैनौ’ यूएईका उच्च सरकारी अधिकारीको भनाइलाई उद्ऽिद गर्दै राजदूत ढकालले भने,ॅकसैलाई त्यस्तो समस्या परे नेपाली दुताबासमा संपर्क गर्न भनिदिनु होला’ ।

धेरै नेपालीहरुले विभिन्न कारणले समस्यामा परेको जानकारी गराउँदै दूतावासमा फोन गर्ने गरेको भन्दै राजदूत ढकालले दूतावासले सो विषयमा युएई सरकारसँग छलफल गरेको जानकारी दिए।

साथै दूतावासले अहिलेको विषम परिस्थितिमा होसियारी अपनाउन र सरसफाइ तथा स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न आह्‍वान गरेको छ ।

Published on: 23 March 2020 | Kantipur

Link

Back to list

;