s

युएईमा कोरोना संक्रमित नेपालीको संख्या ११ पुग्यो

रुपेश अधिकारी 

युएई । युएईमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ११ पुगेको छ । हालसम्म ११ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको हो । 

आइतबारसम्ममा चारजना महिलासहित ११ जना नेपालीमा कोरोना संक्रमण भेटिएको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रीता धितालले जानकारी दिइन् । 

संक्रमित भएका ११ जना नेपाली मध्ये दुई पुरुष चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन । बाँकी ९ जनाको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । ‘दुईजनाको सफल उपचार भएको छ । बाँकी संक्रमितको पनि नि:शुल्क उपचार भइरहेको छ,’  युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने । 

राजदूत ढकालले युएईको स्वास्थ्य उपचार पद्दती राम्रो भएको र संक्रमितमध्ये सबै युवा उमेर समूहका भएकाले सबैको सफल उपचार हुने विश्वास व्यक्त गरे । 

राजदूत ढकालले नेपाल तथा यूएई सरकारसँग नियमित सम्पर्क भइरहेको र दूतावासले नेपालीहरुको बारेमा जानकारी लिइरहेको बताएका छन्।

कोरोनाबाट अहिलेसम्म युएईमा एक हजार ७९९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १४४ जना निको भइसकेका छन् भने १० जनाको मृत्यु भएको छ ।

Published on: 6 April 2020 | Onlinekhabar

 

Link

Back to list

;