s

यूएईमा श्रम निर्देशिका

यूएईले आप्रवासी कामदारहरुलाई मर्यादित र व्यवस्थित गर्न आफ्नो देशमा कार्यरत विदेशी कामदारहरूको लागि श्रम निर्देशिका जारी गरेको छ ।  हातेपुस्तकका रूपमा निकालिएको निर्देशिका अरबी, उर्दु र अंग्रेजी गरी तीन भाषामा उपलब्ध छ ।
 
कडा प्राबधान  समावेश गरी ल्याइएको निर्देशिकामा विना अनुमति स्पोन्सर परिवर्तन गरेका ५० हजार दिराम जरिवाना हुने कानूनी व्यवस्था छ । त्यस्तै ओभर स्टे बस्ने र लागूऔषध तस्करीमा संलग्न हुने कामदारलाई आजीवन कारावासको सजाय हुने उल्लेख छ।
यसैगरी लागूऔषध दुव्र्यसनीलाई चार वर्ष जेल सजाय, व्यक्ति हत्यामा जन्मकैद हुनेछ भने  दंगा फैलाउने, चोरी गर्ने, डकैती गर्ने, मदिराको अवैध उपभोग, जुवा आदि पनि दण्डनीय अपराधको श्रेणीमा राखिएका छन् ।
 
यूएईको वैदेशिक मामला तथा आवास महानिर्देशनालयका उपनिर्देशक मेजर जनरल ओबाइद मोहेर बिन सुरोरले दुबईमा रहेका १० लाख विदेशी कामदारहरूलाई निःशुल्क बाँडिने उक्त ‘गाइडलाइन’ले उनीहरूलाई त्यहाँको कानून अनुरुप दैनिक जीवन व्यवस्थित गर्न सहयोग पुग्ने बताए । निर्देशिकामा कामको अवधि, ओभरटाइम, तलब, औषधोपचार, साप्ताहिक विदा, सार्वजनिक विदा, आवास भत्ता लगायतका विषय उल्लेख छ । यूएईमा आप्रवासी कामदारले स्पोन्सरभन्दा बाहिर गई काम गर्ने प्रवृत्ति समस्याका रुपमा रहेको छ ।
 
Published on: 21 February 2018 | Madhyanha

Back to list

;