s

युएईमा पनि १६ हजार तलब तोक्न सिफारिस

होम कार्की

वैदेशिक रोजगारको प्रमुख गन्तव्य मुलुकको पारिश्रमिक वृद्धि भएको खबरले कामदारलाई खुसी तुल्याइरहेका बेला संयुक्त अरब इमिरेट्स (युएई) को पनि तलब बढ्ने भएको छ ।

युएईस्थित नेपाली दूतावासले युएईमा बढेको महँगीको आधारमा खाना र बस्न बाहेक कम्तीमा सात सय दिनार तलब तोक्न श्रम मन्त्रालयलाई सिफारिस गरेको हो । पारिश्रमिक वृद्धि भए कादारको न्यूनतम तलब १६ हजार रुपैयाँ हुने छ । श्रम मन्त्रालयले हालसम्म युएईका लागि मात्रै न्यूनतम तलब तोकेको छैन । युएई नेपाली कामदारका लागि चौथो गन्तव्य मुलुक हो ।

१० वर्षअघि मलेसियाका लागि तोकिएको १ सय २५ अमेरिकी डलरलाई आधार मानी वैदेशिक रोजगार विभागले युएईमा कामदार पठाउन अनुमति दिँदै आएको हो ।  श्रम मन्त्रालयका एक अधिकारीले दूतावासले सिफारिस गरेको तलबमाथि छलफल गरेर छिट्टै तोक्ने भएको छ ।

'कामदारको बस्ने र खाना बाहेक ७ सय दिनार तोक्न सरकारलाई सिफारिस गरिएको हो,' दूतावासका एक अधिकारीले कान्तिपुरलाई भने, 'यहाँको महँगीको आधारमा तलब बढाउन आवश्यक भइसकेको छ ।'

Published on: 7 May 2012 | Kantipur

Back to list

;