s

युएईमा कामका लागि जान प्रहरी रिपोर्ट नचाहिने

अब नेपाली कामदारलाई युएईमा रोजगारीका लागि जान प्रहरीको चालचलन रिपोर्ट नचाहिने भएको छ । आइतबारदेखि कामदारसँग युएईले प्रहरी रिपोर्ट माग्न छाडेको छ ।
 
युएईले नेपाली कामदारलाई आफ्नो मुलुक लैजान गत माघ १८ गतेदेखि प्रहरी रिपोर्ट आनिवार्य गरेको थियो । आइतबारदेखि नेपालस्थित युएई दूतावासले रिपोर्ट प्रमाणीकरण गर्न गएका नेपाली कामदारलाई फर्काउँदै यस्तो जानकारी गरएको वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।
 
दूतावासले रिपोर्ट प्रमाणीकरणका लागि दुईवटा ट्राभल एजेन्सीलाई तोकेको थियो । तर, नवनियुक्त श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले यस्तो व्यवस्थाले कामदारलाई सस्ती भएको भन्दै हटाउन कुटनीतिक पहल थालेका थिए ।
 
मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत यो व्यवस्था उचित नभएको भन्दै हटाउन युएई सरकारलाई अनुरोध गरेको थियो ।
 
Published on: 1 April 2018 | Onlinekhabar

Back to list

;