s

यूएईमा एक नेपालीलाई जन्मकैद

यूएईमा घरेलु कामदारका रुपमा कार्यरत एक नेपालीलाई आजिवन कारावासको सजाय तोकिएको छ । ३१ वर्र्षीय ती नेपालीलाई उनकी नेपाली प्रेमिकासँग शारीरिक सम्बन्ध पश्चात उनको हत्या गरेको अभियोग लागेको छ । ती सजाय पाएका नेपालीको नाम भने गोप्य राखिएको छ ।
 
त्यहाँको खालिज टाइम्सका अनुसार शारिरीक सम्वन्ध पश्चात युवाले नेपाली महिलालाई बाथरुममा टाउको ठोक्काइ दिएको र सोही कारण उनको मृत्यु भएको थियो । अदालतले ती नेपालीलाई अनैतिक यौन सम्वन्ध राखेको र हत्या गरेको अभियोगमा सजाय तोकेको हो । उनले अदालतको निर्णयमा चित्त नबुझेमा १५ दिनभित्र पुनरावेदन गर्न सक्ने जनाइएको छ ।
 
Published on: 7 February 2018 | Madhyanha

Back to list

;