s

युएईमा दर्ता भयो गैरआवासीय नेपाली संघ

लक्ष्मण खनाल
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसी) युएईमा विधिवत् दर्ता भएको छ । युएई सरकारको निकाय कम्युनिटी डेभलपमेन्ट अथोरिटीअन्तर्गत एनआरएनए युएई दर्ता भएको हो । नेपाल एसोसिएसन नाम दिइएको उक्त संस्थाले सामाजिक, सांस्कृतिक, खेलकुद, सेवा सहयोग र मनोरञ्जनको क्षेत्रमा काम गर्ने जनाइएको छ ।
 
विगत १ वर्षदेखि दर्ताको पहल थालेको गैरआवासीय नेपाली संघ युएईले आइतबार   दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो । १० सदस्य बोर्ड रहने एसोसिएसनको अध्यक्षमा रमेश श्रेष्ठ रहेका छन् । अन्य ९ जना कार्यसमितिमा निर्मलकुमार पोख्रेल, राजु केसी, कृष्णप्रसाद पौडेल, नवीन पौडेल, थक्करबहादुर कार्की, कल्पना राई, नेत्र शर्मा रहेका छन् । युएईको कानुनअनुसार २ जना स्थानीय बोर्ड  डाइरेक्टरमा ओेमर मतर बकित खल्फान अलबालसी र आमल मोहमद अलिमोहमद रहेका छन् ।  
 
संघका अध्यक्ष रमेश श्रेष्ठले नेपाली संस्था दर्ता हुनु गौरवको कुरा भएको बताउँदै नेपालीलाई संगठित गर्दै एकीकृत गर्न प्रयास गर्ने बताए ।   संस्था दर्ता भएसँगै अब युएईमा रहेका नेपालीले कानुनी रूपमै विभिन्न गतिविधि गर्न पाउने भएका छन् । 
 
Published on: 11 March 2019 । Naya Patrika
 

Back to list

;