s

युएईमा चार महिनामा ८९ जना नेपालीको मृत्यु

रुपेश अधिकारी

युएई । युएईमा चार महिनामा ८९ जना नेपालीको मृत्यु भएको छ । यो संख्या कोरोना संक्रमणका कारण युएईमा गरिएको लकडाउन अवधिको हो । युएईमा मार्च २२ देखि लकडाउन सुरु भएको थियो ।

यो अवधिमा कोरोना संक्रमबाट मात्रै २९ जना नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणले मृत्यु हुनेहरुमा एक महिला र २८ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनासंक्रमणबाट मृत्यु भएका २९ र अन्य कारणले मृत्यु भएका गरी ४२ गरी ७१ जनाको शवको युएइमै अन्त्येष्टि गरिएको छ । दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवको यूएईमै अन्त्येष्टि गरिएको हो ।

बाँकी १८ शवमध्ये ११ जनाको नेपाल पठाइएको छ । ७ जनाको शव भने युएईको विभिन्न अस्पतालको शवगृहमा राखिएको छ । नियमित हवाई उडान नहुनु तथा अन्य विभिन्न कारणले शव नेपाल पठाउन समस्या भएको दूतावासले जनाएको छ ।

Published on: 14 July 2020 | Onlinekhabar

Link

Back to list

;