s

यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनले नेपाल फर्काउने

एक लाख दिराम (करिब २८ लाख रुपैयाँ) अदालतमा तिर्न नसकी यूएईमा अलपत्र परेका चितवनका टोपबहादुर बिकलार्इ एनआरएन, यूएर्इले उद्दार गर्ने भएको छ ।
 
एनआरएन यूएईको २३ फेब्रुअरीमा सम्पन्न बैठकले बिकको उद्धारका लागि सहयोग अभियान संचालन गर्ने निर्णय गरेको हो ।
 
यूएईमा रहेका सबै सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर बिकलाई नेपाल फिर्ता पठाउन एनआरएनले नेतृत्व गर्ने निर्णय गरेको प्रवक्ता मुन क्षेत्रीले जानकारी दिए ।
 
उनको उद्धारका लागि दूतावाससँग समन्वय गरी तत्कालै अवश्यक पहल कदमी लिने एनअारएनए, यूएर्इले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गर्नका लागि संघका अध्यक्ष रमेश श्रेष्ठले नै संयोजनकारी भूमिका खेल्ने जनाइएको छ ।
 
कार्यस्थलमा दुर्घटना भएपश्चात उनका विरूद् एक लाख दिराम तिर्नुपर्ने सजाय यहाँको अदालतले सुनाएको हो ।
 
Published on: 25 February 2018 | Onlinekhabar

Back to list

;